एमाले कर्णाली अधिवेशन : ४ सय मत गणना हुँदा शाहको अग्रता कायमै

हिमाल प्रेस १५ असोज २०८० १८:३९
4
SHARES
एमाले कर्णाली अधिवेशन : ४ सय मत गणना हुँदा शाहको अग्रता कायमै

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मत गणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ शाहको अग्रता कायमै रहेको छ। ४ सय मत गणना हुँदा शाहले २५० मत, प्रकाश रोकायाले ३ र मीनबहादुर शाही १३० मत पाएका छन्।

त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले १६८ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लालबहादुर महतराले ९६ मत तथा दानसिंह परियारले २२ मत पाएका छन्।

त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २०७ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र शाहीले ७७ मत पाएका छन्।

उपसचिव पदमा रवीन्द्रराज शर्माले १३९, रमेशबहादुर शाहीले १२५, पद्‍मा खड्का ७१ र मेनका पछाईले ३६ मत प्राप्त गरेका छन्। एमाले कर्णाली अधिवेशनअन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबार भइरहेको हो।

एमाले कर्णालीको मतगणना सुरु

प्रकाशित: १५ असोज २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =