एमाले कर्णालीको मतगणना सुरु

हिमाल प्रेस १५ असोज २०८० १२:१५
4
SHARES
एमाले कर्णालीको मतगणना सुरु

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेश कमिटी चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ।

कर्णाली कमिटी चयनका लागि आइतबार राति ९ बजे मतदान सकिएको थियो। ढिला भइसकेकाले रोकिएको मतगणना आज बिहान पौने १२ बजेदेखि मतगणना सुरु भएको हो।

मतगणना सुरु हुनुअघि उम्मेदवारहरू छलफलमा बसेका थिए। अध्यक्षका तीन जना उम्मेदवार र उनीहरूका एकएक जना प्रतिनिधि मतगणना स्थलमा बस्ने सहमति भएपछि मतगणना सुरू भएको हो।

नेकपा एमालेका कर्णाली प्रदेशको नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ। तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन्। तीमध्ये ४४ जना निर्विरोध चयन भएका छन्।

प्रदेश अध्यक्षमा सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकाया उम्मेदवार छन्।

गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार हुन् भने मिनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।प्रकाश रोकायाको भने कुनै समूह छैन।

यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महातारा उम्मेदवार छन्।

प्रकाशित: १५ असोज २०८० १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =