हेटौँडामा सवारी दुर्घटना हुँदा ९ जना घाइते

हिमाल प्रेस १५ असोज २०८० १६:२७

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ।

उनका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विंगर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक भण्डारीको भनाइ छ। दुवै सवारी चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १५ असोज २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =