बझाङ सवारी दुर्घटना : गम्भीर घाइते मन्त्रीसहित तीन जनालाई कोहलपुर ल्याइयो [फोटो फिचर]

डिल्ली शाही ५ असार २०८० १७:३०
100
SHARES
बझाङ सवारी दुर्घटना : गम्भीर घाइते मन्त्रीसहित तीन जनालाई कोहलपुर ल्याइयो [फोटो फिचर] सबै तस्बिरः डिल्ली शाही

कोहलपुर- बझाङमा सवारी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्रीसहित तीन जनालाई उपचारका लागि कोहलपुर ल्याइएको छ।

दुर्घटनामा गम्भीर घाइते प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनका अंगरक्षक दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल कोहलपुर ल्याइएको हो।

मन्त्री सिंहसहित पाँच यात्रु चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृता र भाउजू जयादेवीको मृत्यु भएको छ। मन्त्री चढेको गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

बझाङ सवारी दुर्घटना : मन्त्रीकी पत्नी र भाउजूको मृत्यु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =