काठमाडौँ- २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। अरु १ सय २५ जना घाइते भएका छन्। मोरङ, बारा, मकवानपुर, मुस्ताङ र नवलपरासी पश्चिममा भएका गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो।
त्यसैगरी यस अवधिमा दुर्घटनामा परेर १२५ जना घाइते भएका प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा २३ जना, बागमती प्रदेशमा १३, गण्डकीमा १, कर्णालीमा ९, सुदूरपश्चिममा ७, लुम्बिनीमा १८, मधेसमा २६ र कोसीमा २८ जना सवारी दुर्घटनामा परेर घाइते भएका छन्।
प्रकाशित: ३ भदौ २०८३ १२:४३ | Wednesday, August 19, 2026
प्रतिक्रिया


