सुर्खेतमा मोटरसाइकल दुर्घटना- दुई जनाको मृत्यु

हिमाल प्रेस १९ साउन २०८० १७:२२
10
SHARES
सुर्खेतमा मोटरसाइकल दुर्घटना- दुई जनाको मृत्यु

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ३, भुरेली नजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युत्‌को पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा महावै गाउँपालिका-७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका-३ का २३ वर्षीय विमोचन विष्ट रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले जानकारी दिए।

कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेलीबाट बजारतर्फ आउँदै गर्दा बिहीबार बेलुका दुर्घटनामा परेको थियो। उनका अनुसार गम्भीर घाइते उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।

दुर्घटनामा ज्यान गुमाएका शाही मोटरसाइकल चालक हुन्। मोटरसाइकलमा तीन जना सवार रहेकोमा खाँडाचक्र नगरपालिका-५, कालीकोटका १९ वर्षीय प्रकाश कठायत घाइते भएका छन्। कठायत उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ साउन २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =