भारतमा गत वर्ष सवारी दुर्घटनामा परी डेढ लाखभन्दा बढी मानिसको मृत्यु

हिमाल प्रेस १५ कार्तिक २०८० २१:०१
6
SHARES
भारतमा गत वर्ष सवारी दुर्घटनामा परी डेढ लाखभन्दा बढी मानिसको मृत्यु फाइल तस्बिरः जागरण

नयाँदिल्ली- भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी डेढ लाखभन्दा बढीको मृत्यु भएको छ। सरकारी तथ्यांकअनुसार गत वर्षमात्रै भारतमा सडक दुर्घटनामा १ लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको छ।

सो वर्ष ४ लाख ४३ हजार ३६६ जना सडक दुर्घटनामा परी घाइते भएका छ। भारतको संघीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ।

सन् २०२२ मा ४ लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये १ लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, १ लाख ६ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी २ लाख २ हजार ६३३ वटा अन्य सडकमा भएका थिए।

सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका प्रतिवेदनमा उल्लेख गरिएको छ। सडक दुर्घटनाबाट हुने मृत्युमा ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन्। रासस/सिन्ह्वा

प्रकाशित: १५ कार्तिक २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =