कारबाहीमा पर्ने भएपछि महिला हवल्दारलाई गुड फ्राइडे मनाउँ भन्ने एसएसपीले दिए राजीनामा

हिमाल प्रेस १५ असोज २०८० १३:२३
1.0k
SHARES
कारबाहीमा पर्ने भएपछि महिला हवल्दारलाई गुड फ्राइडे मनाउँ भन्ने एसएसपीले दिए राजीनामा

काठमाडौँ- नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्। यौन दुर्व्यवहारमा कडा कारबाही हुने थाहा पाएका उनले कारबाही अघि नै पदबाट राजीनामा दिएका हुन्।

उनीविरुद्ध सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका छन्।

प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ। गत जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले वाकीटकी सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेका थिए।

हवल्दारले प्रहरी कार्यालयमा त्यसबारे जानकारी गराएपछि यो घटना बाहिर आएको थियो। त्यसपछि प्रदेश हुँदै उक्त घटना प्रहरी प्रधान कार्यालयमा आएको थियो। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो। छानबिन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको थियो। उनी कार्यरत कार्यालयमा कार्यरत अन्य महिला प्रहरी कर्मचारीसँग समेत समितिले सोधपुछ गरेको थियो।

अनुसन्धानमा उनले महिला प्रहरी कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, घुम्न जाऊँ भनि दबाब दिने गरेको खुलेको प्रतिवेदनमा उल्लेख छ। एसएसपी पाल योबाहेक अन्य घटनामा पनि यौन प्रकरणमा मुछिएका प्रहरी अधिकृत हुन्। उनी २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख हुँदा महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरुवा भएका थिए। त्यस्तै बौद्ध वृत्त प्रमुख हुँदा पनि प्रहरी प्रधान कार्यालयले उनलाई कारबाही गरेको थियो।

उनीविरुद्ध अन्य महिला प्रहरीहरूले पनि अनुसन्धानमा खटिएका अधिकारीहरूसँग कारबाहीको माग गरेका थिए।

महिला प्रहरीलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपी योगबहादुर निलम्बित

महिला हबल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि हेडक्वार्टर तानिए एसएसपी योगबहादुर

 

प्रकाशित: १५ असोज २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =