महिला हबल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि हेडक्वार्टर तानिए एसएसपी योगबहादुर

हिमाल प्रेस २२ जेठ २०८० १८:३४
2.5k
SHARES
महिला हबल्दारमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि हेडक्वार्टर तानिए एसएसपी योगबहादुर प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीको सहायक हबल्दार (महिला) माथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एसएसपी योगबहादुर पाल हेडक्वार्टर तानिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अनुसन्धानका लागि हेडक्वार्टर तानिएको हो।

प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार एसएसपी पालसँग सोधपुछ भइरहेको छ। हबल्दार महिलाले यौन दुर्व्यवहार गरेको भन्दै निवेदन दिएपछि अनुसन्धान सुरु भएको हो।  ‘यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु भएको छ,’ कडायतले भने, ‘उजुरी परेपछि छानबिनका लागि एसएसपीलाई हेडक्वार्टर बोलाएका छौँ। सबै कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।’

उनका अनुसार पालमाथि लागेको आरोपबारे प्रदेश प्रहरी कार्यालयले पनि अनुसन्धान गरिरहेको छ। गत शुक्रबार घरबिदामा जाने तयारीमा रहेकी हबल्दारलाई सञ्चारसेटबाटै आफू कहाँ पठाइदिन भनेका थिए।

आदेशपछि हबल्दार एसएसपीको निवास गएकी थिइन्। त्यहाँ एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो। आज गुड फ्राइडे मनाऔँ’ भनेको खुलेको छ। एसएसपीको उक्त अभिव्यक्ति हबल्दारले निवेदनमा पनि उल्लेख गरेकी छन्। एसएसपीले अभिव्यक्तिसहित दुर्व्यवहार गर्न लागेपछि उनले ड्युटीमा रहेका अधिकृतलाई घटनाबारे जानकारी गराएकी थिइन्।

उनलाई दुर्व्यवहार गरेको भन्दै उनले डिउटी अधिकृतलाई जानकारी गराएकी थिइन्। एसएसपी पालमाथि यौन दुर्व्यवहारको आरोप लागेको यो पहिलो घटना भने होइन। पाल डीएसपी भएर सोलुखुम्बुमा हुँदा पनि यसखाले आरोप लागेको थियो। त्यसबेला पनि उनलाई विभागीय कारबाही गरिएको थियो।

प्रकाशित: २२ जेठ २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =