गोठाटारमा युरो किड्सको नयाँ शाखा

हिमाल प्रेस २० वैशाख २०८१ १४:०९
24
SHARES
गोठाटारमा युरो किड्सको नयाँ शाखा

काठमाडौँ– विश्वभर १४ सयभन्दा बढी शाखा रहेको प्रिस्कुल युरो किड्सले काठमाडौँ गोठाटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

दुई दशकअघिदेखि अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको युरो किड्सको नेपालमा ३१ वटा शाखामध्ये भर्खरै गोठाटारमा खुलेको सबैभन्दा कान्छो शाखा हो।

शिक्षा क्षेत्रमा अनुभवी नवराज काफ्लेको अध्यक्षतामा सञ्चालनमा आएको युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाइ हुने जनाइएको छ। काठमाडौँमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा सञ्चालकको अनुभव बटुलेका काफ्लेको नेतृत्वमा युरो किड्स गोठाटार सञ्चालनमा आउँदा स्थानीयले खुसी व्यक्त गरेका छन्।

युरो किड्स गोठाटारको प्रबन्ध निर्देशकका रुपमा अढाई दशकदेखि रेडियो नेपाल र नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम निर्माण गर्दै आएका सञ्चारकर्मी हेमन्त गौतम, प्रधानाध्यापकमा सम्झना गिरी र निर्देशकमा ममता पोखरेल छन्।

गोठाटार क्षेत्रमा युरो किड्स खोल्नका लागि स्थानीयको लामो अनुरोधपछि सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष काफ्ले बताउँछन्। उनी भन्छन्, ‘युरो किड्स गोठाटारलाई शिक्षाकै हब बनाउन हामी जुट्नेछौँ।’

प्रबन्धनिर्देशक हेमन्त गौतम नेपाललगायत विभिन्न देशका शिक्षण संस्थाहरुसँग हातेमालो गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिइने बताउँछन्।

बालबालिकालाई गुणस्तरिय शिक्षाका साथसाथै सीपमूलक तालिम प्रदान गरिने युरो किड्स गोठाटारकी शैक्षिक संयोजक रश्मी सुवाल बताउँछिन्। अध्यक्ष काफ्लेले प्ले ग्रुपदेखि कक्षा १ सम्म रहेको गोठाटारमा आगामी वर्ष कक्षा थप गर्दै लैजाने जानकारी दिए।

प्रकाशित: २० वैशाख २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =