दोलखाको लामाबगरमा ढुंगामुनि भेटियो चार किलो सुन

हिमाल प्रेस १४ असोज २०८० १८:११
182
SHARES
दोलखाको लामाबगरमा ढुंगामुनि भेटियो चार किलो सुन

काठमाडौँ- दोलखाको लामाबगरबाट प्रहरीले चार किलो सुन बरामद गरेको छ। जिल्लाको बिगु गाउँपालिका-१ लामाबगरबाट आज आइतबार चार किलो सुन बरामद भएको हो। दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काले ढुंगामुनि थिचेर लुकाएर राखेको अवस्थामा सुन फेला परेको जानकारी दिए।

सुन कसले राखेको भन्नेबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ। यो नाका हुँदै पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ। बुधबार ३ किलो, शुक्रबार ४ किलो सुन बरामद भएको थियो। सुन तस्करीमा संलग्न दुई जनालाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १४ असोज २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =