‘केजीएफ ३’ २०२५ मा प्रदर्शन हुने

हिमाल प्रेस १४ असोज २०८० १४:४०
10
SHARES
‘केजीएफ ३’ २०२५ मा प्रदर्शन हुने

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार यशको ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो सिरिज २०२५ मा प्रदर्शनमा आउनेछ। ‘केजीएफ’ र ‘केजीएफ २’को सफलतापछि यशका प्रशंसक ‘केजीएफ३’को प्रतीक्षामा छन्।

धेरैले फिल्म २०२४ मा रिलिज हुने अनुमान गरेका थिए। तर हालै निर्माण पक्षले फिल्म २०२५ मा प्रदर्शनमा आउने जनाएको छ। निर्माण टोलीका अनुसार २०२३ डिसेम्बरपछि फिल्मको काम सुरु हुनेछ। अक्टोबर २०२४ मा फिल्मको छायांकन सुरु हुनेछ।  २०२५ मा फिल्म प्रदर्शनमा आउनेछ।

२१ डिसेम्बरमा केजीएफको पाँचौँ वार्षिकोत्सवमा फिल्म प्रदर्शन मिति घोषणा गर्न सक्ने निर्माण पक्षले बताएको छ। फिल्ममा सन् १९७८ देखि १९८१ को समयको कथा देखाइनेछ।

प्रकाशित: १४ असोज २०८० १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =