‘प्रोजेक्ट के’मा भगवान् विष्णु बन्दै प्रभास

हिमाल प्रेस १८ असार २०८० ११:४६
6
SHARES
‘प्रोजेक्ट के’मा भगवान् विष्णु बन्दै प्रभास

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत फिल्म ‘आदिपुरुष’ असफल भएको छ। रामायणमा आधारित फिल्ममा भगवान् राम अर्थात राघवको भूमिकामा देखिएका उनले दर्शकलाई खासै प्रभावित गर्न सकेनन्।

फिल्म ‘बाहुबली’बाट मनग्गे ख्याति कमाएका प्रभासले लगातार एकपछि अर्को फिल्ममा असफलताको सामना गरिरहेका छन्। यसअघि उनका ‘साहो’ र ‘राधेश्याम’ फिल्म असफल भएका थिए। ‘आदिपुरुष’ले त झन् चौतर्फी आलोचना नै खेप्नुपर्यो‍।

अब प्रभास ‘सालार’ र ‘प्रोजेक्ट के’मा देखिनेछन्। आगामी सितम्बरमा प्रदर्शनमा आउने ‘प्रोजेक्ट के’ मा उनी भगवान् विष्णुको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यममा समाचार प्रकाशित छ। हलिउड मार्बल फिल्मजस्तै ‘प्रोजेक्ट के’ साइन्स फिक्सन, फ्यान्ट्यासी, सुपरनेचुरल र एक्सनले भरिएको हुनेछ।

असत्यमाथि सत्यको विजयको कथा फिल्मले भन्ने छ। हिन्दू पौराणिक कथाअनुसार राक्षसहरूको संहार गर्न भगवान् विष्णुले एक युगमा एक अवतार धारण गर्थे। प्रभास तिनै भगवान् विष्णुको भूमिकामा देखिने भारतीय मिडियाले जनाएको छ। जो एक मोर्डन हिरो हुनेछ। जसले आधुनिक हतियारले खलनायकको नाश गर्नेछ। फिल्ममा खलपात्रमा कमल हसन देखिनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =