११ रुपैयाँले घट्यो प्रतिलिटर पेट्रोलको मूल्य

हिमाल प्रेस २८ असोज २०८० २०:०६ | Sunday, October 15, 2023
११ रुपैयाँले घट्यो प्रतिलिटर पेट्रोलको मूल्य फाइल तस्बिर।

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (आइतबार) मध्यरात १२ बजेदेखि लागू हुने गरेर पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रूपैयाँले घटाइएको हो । डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य घटाइएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जनाएको छ।

अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर मूल्य १७२ रूपैयाँ पर्नेछ । यसअघि १८३ रूपैयाँ प्रतिलिटर थियो । त्यस्तै काठमाडौँमा १७३ रूपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेल अब प्रतिलिटर १६८ रूपैयाँमा पाइनेछ ।

प्रकाशित: २८ असोज २०८० २०:०६ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast