भूकम्पका कारण धादिङमा २० घर भत्किए

हिमाल प्रेस ५ कार्तिक २०८० १२:४१ | Sunday, October 22, 2023
भूकम्पका कारण धादिङमा २० घर भत्किए धादिङको ज्वालामुखी गाउँपालिका–५ खरीमा आतबार बिहान गएको भूकम्पले क्षति पुगेको घर। तस्बिर : रासस

धादिङ- आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए। ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दैनले वडा ५ र ७ का केही भवनमा क्षति पुगेकाे जानकारी दिए।

पटकपटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरू गएका कारण मानिस घरबाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरको विस्तृत विवरण संकलन जारी रहेको बताए। धादिङको साविक खरी गाविस केन्द्रविन्दु भई बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित: ५ कार्तिक २०८० १२:४१ | Sunday, October 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast