विदेशमा ‘भष्मे डन’को बुकिङ खुल्ला

हिमाल प्रेस ११ असोज २०८० १३:१७
14
SHARES
विदेशमा ‘भष्मे डन’को बुकिङ खुल्ला

काठमाडौँ- दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ नेपालसहित विदेशमा पनि एकैदिन प्रदर्शन हुने भएको छ। वितरकहरूले कार्तिक ४ देखि प्रदर्शन हुने फिल्मको विदेशी सो सार्वजनिक गरेका छन्। त्योसँगै टिकट बुकिङ पनि खुलाएका छन्। अस्ट्रेलिया, जापान, बेल्जियम, अमेरिका, पोर्चुगललगायत विभिन्न देशमा अग्रिम टिकट बुकिङ गर्न सकिनेछ।

२३ अक्टोबरमा अमेरिकास्थित मेलर्वनको चाइना टाउनमा हुने प्रिमियरको पनि तालिका सार्वजनिक गरिएको छ। यसबाहेक अमेरिका, क्यानडा, युरोपका अन्य देश र मध्य पश्चिमका देशमा पनि फिल्म प्रदर्शन हुनेछ।

‘‘पशुपति प्रसाद’ फिल्मको सफलतापछि सोही फिल्मका पात्र भष्मे डनको चरित्रमा फिल्मको सिक्वेल बनाइएको छ। पहिलो भागमा अन्त्यमा पशुपति प्रसादको मृत्यु भएको देखाइएको छ। उसको मृत्युपश्चात पशुपतिमा आफ्नो अस्तित्व स्थापना गर्न ‘भष्मे डन’को भूमिकामा दोस्रो भाग बनेको निर्माण टिमले जनाएको छ।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काले सम्पादन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =