‘भष्मे डन’ को टिकट बुकिङ सुरु, सेढ सयभन्दा बढी सो

हिमाल प्रेस १ कार्तिक २०८० १२:०३
6
SHARES
‘भष्मे डन’ को टिकट बुकिङ सुरु, सेढ सयभन्दा बढी सो

काठमाडौँ– फूलपाती अर्थात् कात्तिक ४ देखि प्रदर्शन हुने फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को टिकट बुकिङ खुलाइएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत थुप्रै हलले अग्रिम बुकिङ खुलाएका हुन्।

फिल्मले हलमा उत्साहजनक सो पाएको छ। वैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’ले बाहेक अन्य फिल्मले व्यापार गर्न सकेको छैन। तर ‘भष्मे डन’को बुकिङबाट निकै अपेक्षा गरिएको छ। क्यूएफएक्सले मात्र फिल्मलाई ६३ सो दिएको छ। मंगलबार बेलुका खुलाइएको टिकट बुकिङ बुधबार बिहान क्यूएफएक्समा आठ सो पुरै बुकिङ पनि भइसकेको छ। उपत्यकामा फिल्मले २७ सो पाएको छ।

आईनआई सिनेमाअन्तर्गत लोत्से मल, एनबी सेन्टर र क्यूबक्स बुटवल गरी १५ सो दिएको छ। वान सिनेमाजले बानेश्वरको आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा १३ सो दिएको छ। अन्य बिग मुभिज, एफक्युब, रञ्जना हल, सीडीसी सिनेमाजलगायत हलमा टिकट बुकिङ सकिन्छ। देशभरका हलमा फिल्मले अहिलेसम्म डेढ सयभन्दा धेरै सो पाएको फिल्मका निर्देशक दीपेन्द्र के खनालले बताए।

फिल्ममा ‘पशुपति प्रसाद’ को मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ पात्र (विपिन कार्की) को जीवन संघर्षको कथामा यसको सिक्वेल बनाइएको छ।

फिल्ममा स्वस्तिमा खड्का दुर्गाको अवतारमा छन्। अन्य कलाकार सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, सजन थापा मगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायतको अभिनय छ।

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन र सुवास भुसाल, कृष्ण भारद्वाज र किरण भुसालको संगीतमा बनेको छ।

प्रकाशित: १ कार्तिक २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =