मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १० असोज २०८० १७:४९
6
SHARES
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण फाइल तस्बिर

काठमाडौँ-  दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमितिको आजको बैठकमा भाग लिने अधिकांश सदस्यहरूले चाडबाडका समयमा कृत्रिम अभाव सिर्जना गरी हुन सक्ने भन्दै त्यस्ता गतिविधमा समयमै ध्यान पुर्‍याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा सदस्य गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना हुँदै आएको जिकिर गर्दै दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा प्राप्त गर्ने जनताको अधिकारलाई सुनिश्चित गर्न जोड दिए।

सदस्य राजेन्द्रप्रसाद लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै त्यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् भनी अपिल गरे। सांसदद्वय अच्युत  मैनाली र देवप्रसाद तिमिल्सिनाले आवश्यकता भन्दा लाभको दृष्टिकोणबाट मल आयात भएकाले वास्तविक किसानले नभई अरूले नै फाइदा लिइरहेको बताए।

समिति सदस्य अर्जुननरसिंह केसीले दसैँको मुखमा कालोबजारी मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भई आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। –रासस

प्रकाशित: १० असोज २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =