संवैधानिक परिषद्‌ त भागबन्डा परिषद्‌ भयो : अर्जुननरसिंह केसी

हिमाल प्रेस ९ असोज २०८० १६:११
6
SHARES
संवैधानिक परिषद्‌ त भागबन्डा परिषद्‌ भयो : अर्जुननरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

सरकार र सत्तामा हुनेहरूले संवैधानिक परिषद्लाई निरीह र छायामा राख्ने काम गरिरहेको उनको आरोप छ। उनले संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले ‘छाया’ बनाउन नसक्ने बनाउन आवश्यक रहेकामा जोड दिए।

महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुज कम गर्ने विषयमा कडाइ गर्नुपर्ने उनले बताए। उनले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुन सक्ने उल्लेख गरे।

प्रकाशित: ९ असोज २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =