प्रहरी अधिकारीको सरुवाले भ्रष्टाचार नियन्त्रण नहुने देखाइसक्यो : अर्जुननरसिंह केसी

हिमाल प्रेस १८ भदौ २०८० १४:४७
20
SHARES
प्रहरी अधिकारीको सरुवाले भ्रष्टाचार नियन्त्रण नहुने देखाइसक्यो : अर्जुननरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका फाइल खुल्दै गए पनि अनुसन्धान प्रभावित भइरहँदा जनतामा विश्वास उठ्दै गएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘भ्रष्टाचार र तस्करीबाट यो देश आक्रान्त छ। जबसम्म सही रुपमा छानबिन गरेर जरोसम्म पुग्न सकिँदैन त्यतिबेलासम्म केही हुँदैन’, उनले भने, ‘भ्रष्टाचारका फाइलहरू खुलेका छन्। तर टुंगोमा नपुगी तुहिने अवस्था आएको छ।’

उनले प्रहरीका हाकिमहरूको असमयमा भएको सरुवाले भ्रष्टाचार नियन्त्रण हुने कुरा अब सम्भव नभएको बताए। ‘५/७ महिना नपुग्दै प्रहरी अधिकारीहरूको धमाधम सरुवा भएको छ’, उनले भने, ‘त्यो सरुवाले आमरुपमा भ्रष्टाचार नियन्त्र हुन्छ न्ने विश्वास जनतामा हराएको छ।’

केसीले पछिल्लो समय धर्म, जात, संस्कार र संस्कृतिका हिसावले प्रहार हुन थालेको बताए। ‘हामी सबै नपाली हौँ तर अनेक प्रहार हुन थालेको छ’, उनले भने, ‘जाति जाति लड्न खोज्दा सरकार मौन बसेको छ।’

प्रकाशित: १८ भदौ २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =