अर्जुननरसिंह केसीले सोधे : एनसेल र सुनकाण्डको प्रतिवेदन कहिले आउँछ?

हिमाल प्रेस १९ चैत २०८० १३:१६
10
SHARES
अर्जुननरसिंह केसीले सोधे :  एनसेल र सुनकाण्डको प्रतिवेदन कहिले आउँछ?

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले लगाएको भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा झुटको पुलिन्दा हुँदै गएको बताएका हुन्।

‘राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा करुणा वा क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार, जघन्य अपराध र विधिहीनतालाई करुणाको जामामा चोक्खिने र चोख्याउँदै जाने हालैको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा केबल झुटको पुलिन्दा हुँदै छ,’ उनले भने, ‘खर्बौं भ्रष्टाचार एनसेल र सुनकाण्डको प्रतिवेदन अहिलेसम्म किन आएन ? तुरून्त सदनमा प्रस्तुत होस्।

प्रकाशित: १९ चैत २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =