कांग्रेसले देशको सबै क्षेत्रको कमान्ड सम्हाल्नुपर्छ : सहमहामन्त्री पाण्डे

हिमाल प्रेस ८ असोज २०८० १६:३५
100
SHARES
कांग्रेसले देशको सबै क्षेत्रको कमान्ड सम्हाल्नुपर्छ : सहमहामन्त्री पाण्डे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले देशको आर्थिक, सामाजिक, राजनीतिक र कानुनी सबै ‘कमान्ड’ गुम्न लागेको टिप्पणी गरेका छन् । कांग्रेसले त्यो कमान्ड सम्हाल्नुपर्ने उनको भनाइ छ ।

सानेपास्थित कार्यालयमा यही असोज २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले नागरिकमा देशप्रतिको आशा घट्दै गएको बताए । आशा जगाउन कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

‘नागरिकको चिन्ता हामीमाथि, हाम्रो चिन्ता सरकारमाथि छ । सरकारमा समस्या छन् भन्ने कुरा लुकाउनुपर्ने आवश्यकता छैन,’ सहमहामन्त्री पाण्डेले भने, ‘अहिले मानिसहरू निराश छन् । सामान्य मानिस मात्र होइन, धनीमानी समेत १० करोडभन्दा बढी पैसा लिएर, दुबईमा गोल्डेन भिसा लिएर जानेक्रम बढेको छ ।’

गत वर्षमा मात्र नौ लाखभन्दा बढी मानिस विदेशिएको भन्दै उनले त्यसमार्फत अर्बौँ रकम बाहिरिएको सुनाए । उनले देशलाई असफल राष्ट्र बन्नुअघि नै सम्हाल्नुपर्ने बताए ।

‘लगानी सम्मेलन गरौँ, देश ‘फेलिएर स्टेट’ बन्नुअघि नै लगानी सम्मेलन गरेर लगानी आकर्षित गर्ने ठोस अवस्थामा पुग्न जरुरी छ । यो पहिले पनि भनेको थिएँ, फेरि दोहोर्‍याउँदै छु,’ उनले भने, “देशप्रतिको ट्रस्ट कसरी निर्माण गर्ने, यो अरूले गर्दैन कांग्रेसले नै गर्नुपर्छ । आर्थिक, सामाजिक, राजनीतिक कमान्ड गुमेको अवस्था छ । त्यो कमान्ड हामीले सम्हाल्नुपर्छ।’ उनले सभापति शेरबहादुर देउवा पार्टीका सबै नेता–कार्यकर्ताको अभिभावक बन्नुपर्ने उल्लेख गरे ।

प्रकाशित: ८ असोज २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =