बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता, पछ्याउँदै एमालेका कर्ण थापा

हिमाल प्रेस १६ मंसिर २०७९ ७:०१
12
SHARES
बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता, पछ्याउँदै एमालेका कर्ण थापा

काठमाडौँ- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले नेकपा एमालेका कर्णबहादुर थापालाई पछि पार्दै अग्रता कायम राखेकी छन्।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत ल्याउँदा थापाले ३ हजार ९ सय ९४ मत ल्याएका छन्।

पाण्डेले थापालाई १ हजार १ सय १२ मतले पछि पारेका छन्। यस्तै बाजुराको प्रदेश सभा कमा एकीकृत समाजवादीका नरेशकुमार शाही २ हजार १ सय ६ मत सहित अग्रस्थानमा छन् भने एमालेका बलदेव रेग्मी ९ सय ५५ मत ल्याउँदै शाहीलाई पछ्याइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =