बाजुरामा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

हिमाल प्रेस १८ मंसिर २०७९ ९:०८
390
SHARES
बाजुरामा एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार बढीको मतान्तरले पराजित गरेहका हुन्। पाण्डे सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

निर्वाचन भएको १२ दिनपछिमात्रै गणना सुरु भएको बाजुरामा आज अन्तिम मतपरिणाम आएको हो। पाण्डेले ३१ हजार ७८७मत ल्याउँदा एमालेका सुदूरपश्चिम प्रदेशका सहइन्चार्जसमेत रहेका थापाले २६ हजार २४८ मतमात्र ल्याए। ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ। ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेको थियो।  बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो।

प्रकाशित: १८ मंसिर २०७९ ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =