बालेन र अभियन्ता ई:बीच जुहारी, बालेनले झुट बोलेको दाबी

हिमाल प्रेस ८ असोज २०८० १३:३४
8
SHARES
बालेन र अभियन्ता ई:बीच जुहारी, बालेनले झुट बोलेको दाबी

काठमाडौँ- राष्ट्रियसभा गृहको मूलगेटअगाडि उभिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र सामाजिक अभियान्ता ई:बीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। गत असोज १ गतेदेखि राष्ट्रिय सभागृहको मूलगेटअगाडिको सडकमा निरन्तर उभिएर आन्दोलित सामाजिक अभियन्ता ई:ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरी लगाएर थर्काएको आरोप लगाएको छ।

ई: ई: अभियन्ताहरूले सोमबार सामाजिक सञ्जालमै मेयर शाहलाई जवाफ दिँदै नगर प्रहरी लगाएर थर्काएको उल्लेख गरेका हुन्। मेयर बालेन्द्रले वार्ता नै समस्या समाधानको माध्यम भए पनि ई:को टोलीले संवाद्‌मा बस्न भनेको प्रस्ताव अस्वीकार गरेको बताएर सामाजिक सञ्जालमा लेखेपछि ई:ले जवाफ फर्काएको छ।

‘विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिइरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ। यहाहरुको कुरा र समस्या सुनौँभन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नु भएन’, बालेनले भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने?’

बालेनले आफैँ उपस्थित भएको उल्लेख गरे पनि ई:ले मेयर नआएको नगर प्रहरी पठाएको बताएका छन्।
‘मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन्। करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए। कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन!’ ई:ले बालेनलाई जवाफ फर्काउँदै लेखेका छन्।

प्रकाशित: ८ असोज २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =