बालेनलाई आक्रोशित बनाउने सहरी विकास मन्त्रालयको पत्रमा के छ?

हिमाल प्रेस २२ माघ २०८० १०:०१
6
SHARES
बालेनलाई आक्रोशित बनाउने सहरी विकास मन्त्रालयको पत्रमा के छ?

काठमाडौँ- धरहराको पार्किङलाई लिएर काठमाडौँ महानगरपालिकाका मेयर बोलेन शाह आक्रोशित भएका छन्। केहीदिन अघि मात्रै महानगरले न्युरोडको पार्किङ विस्तापित गर्दै धरहरामा पार्किङ सुरु  गरेको थियो। तर सोही पार्किङलाई सहरी विकास तथा भवन निर्माण मन्त्रालयले गुणस्तरहीन भनेको छ।

मन्त्रालयले धरहरा निर्माण नसकिएकाले पाकिङ नराख्न भनेको छ।  ‘विभिन्न छुटपुट कार्यहरू सम्पन्न गर्न बाँकी नै रहेको अवस्था छ। ती कार्य सम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा निस्सासिने भई मानवीय क्षतिसमेत हुने सम्भावना देखिएको एवं गर्न बाँकी रहेका कार्यहरू सम्पन्न गर्न बाधा व्यवधान समेत उत्पन्न हुने र निर्माण व्यवसायीबाट यस इकाईलाई आयोजना सम्पन्न भई हस्तान्तरण नभएको सन्दर्भमा निर्माणस्थलमा अनगिन्ति र अनाधिकृत व्यक्तिहरू र सवारीसाधनहरूको प्रवेशले निर्माण स्थलको सुरक्षामा थप चुनौती बढ्न सक्छ,’ पत्रमा भनिएको थियो।

‘त्यसको जिम्मेबारी कसले लिने? भन्ने विषय अन्योल रहेको छ। अर्कोतर्फ यस इकाईबाट निज निर्माण व्यवसायीलाई समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको र हाल सो अनुरूप कार्य भइरहेको अवस्थामा आयोजना सम्पन्न हुनासाथ उक्त पार्किङको पूर्ण क्षमता अनुसार पार्किङ सञ्चालन गर्न सकिने भएकोले हाललाई निर्माण कार्य नसकुञ्जेल उक्त पार्किङस्थलको उपयोग गर्ने कार्य तत्काल नगरिदिँदा बाँकी रहेका निर्माण कार्यहरूलाई यथाशक्य चाँडो सम्पन्न गर्न सहयोग पुग्नेछ,’ पत्रमा उल्लेख छ।

सहरी विकास मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ गते सहरी विकास मन्त्रालयलाई पत्र पठाएको थियो।

निर्माण सामग्रीहरूको टुटफुट एवं बनिसकेका संरचनाहरूमा क्षति हुने जोखिम पनि मन्त्रालयले औंल्याएको थियो।

त्यसपछि भने बालेन आक्रोशित बनेका हुन्। उनले धरहरालाई सेतो टावर भनेका छन्। साथै धरहरा दुईवर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सामाजिक सन्जालमा जानकारी दिएका छन्।

प्रकाशित: २२ माघ २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =