श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने बालेनको धम्की

हिमाल प्रेस १७ भदौ २०८० ७:४६
92
SHARES
श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने बालेनको धम्की

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर शाहले सिंहदरबार जलाउने धम्की दिएका छन्।

ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति करिब ९ बजेतिर तीव्र गतिमा बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको गाडी ट्राफिक प्रहरीले रोकेको थियो। सरकारी नम्बर प्लेटको गाडी देखेपछि सोधपुछ गर्न प्रहरीले गाडी रोकेको थियो।

शनिबार बिदाको दिन सरकारी गाडी चलाउन अनुमतिपत्र बोक्नुपर्ने प्रावधान छ। तर चालकले अनुमतिपत्र बोकेको नपाइएपछि केही बेर कुराकानी गर्ने क्रममा गाडी रोकिएको ट्राफिक प्रहरी स्रोतको भनाइ छ। त्यसपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सिंहदरबार जलाउने धम्की दिएका हुन्।

उनले संघीय सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने उल्लेख गरेका छन्। ‘आजको लागि केही भएन,’ उनले फेसबुकमा लेखेका छन्, ‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

यस विषयमा बुझ्न बालेनसँग सम्पर्क हुन सकेन। सम्पर्कका लागि बालेनकाे फेसबुकमा उल्लेख गरिएको नम्बर हिजो रातिदेखि नै स्विचअफ छ।

प्रकाशित: १७ भदौ २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =