सशक्त आन्दोलनमा जुट्न ईसीडी शिक्षकको सर्कुलर

हिमाल प्रेस ७ असोज २०८० १३:१२ | Sunday, September 24, 2023
सशक्त आन्दोलनमा जुट्न ईसीडी शिक्षकको सर्कुलर

काठमाडौँ– नेपाल बालविकास (ईसीडी) शिक्षक संघर्ष केन्द्रीय समिति आइतबारदेखि सशक्त आन्दोलनमा जुटेको छ। समितिले सात प्रदेश र ७७ जिल्ला अध्यक्षलाई सर्कुलर जारी गर्दै सम्पूर्ण बाल विकास शिक्षक, राहत शिक्षक, अन्य अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएको जानकारी गराएको हो।

‘हाम्रो आन्दोलनमा समर्थन र ऐक्यबद्धता बढ्दै गएको साथै हामी हाम्रै बलमा सम्पूर्ण बाल विकास शिक्षकको पक्षमा स्थायी व्यवस्थापनको प्रबन्ध गर्ने हिम्मतका साथ सडक आन्दोलनमै छौँ’, समितिका महासचिव निर्मला गिरी र अध्यक्ष कृष्णकुमारी थापाले जारी गरेको सर्कुलरमा भनिएको छ।

समितिले पनि कथित नेपाल शिक्षक महासंघले असोज ५ गते आमशिक्षक कर्मचारीको मानर्मदन हुने गरी गरेको प्रतिगामी सम्झौताविरुद्ध भण्डाफोर गर्दै अघि बढ्ने निर्णय गरेको हो।

अध्यक्ष थापा मगरले महासंघ र सरकारबीच भएको वार्तामा आफूहरूको मागमुद्दा सम्बोधन नभएपछि आन्दोलन कायमै राख्नुपरेको बताइन्। उनले भनिन्, ‘बाल विकास शिक्षकलाई विद्यालय संरचनामा राख्ने, दरबन्दीमा लगेर प्रावि तृतीयसरह कायम गर्ने, आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने, प्रतिस्पर्धामा असफल भएकालाई समयावधि गणना गरेर गोल्डेन ह्यान्डेस दिनुपर्ने हाम्रा मागमा सुनुवाइ भएन।’ उनले यस्ता मागमा सुनुवाइ नहुन्जेलसम्म विद्यालय नफर्किने बताएकी छन्।

किन लाग्यो शिक्षक महासंघ खारेजको नारा?

ईसीडी दरबन्दी र प्राविसरह तलब नभएसम्म आन्दोलन रोकिँदैन : कृष्णकुमारी थापा मगर [अन्तर्वार्ता]

प्रकाशित: ७ असोज २०८० १३:१२ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast