शिक्षकहरू काेही घर फर्कँदै, काेही आन्दोलनमै

हिमाल प्रेस ६ असोज २०८० १३:१८
962
SHARES
शिक्षकहरू काेही घर फर्कँदै, काेही आन्दोलनमै

काठमाडौँ- नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने बताएको छ।

महासंघका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा छुटेका कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ।

नेपाल सरकारसँग शुक्रबार भएको सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको उल्लेख गर्दै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई धन्यवाद दिएको छ।

आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन्। विद्यालय शिक्षासम्बन्धी संसद्‍मा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो। असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो।

तर सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले शनिबार पनि काठमाडौँमा प्रदर्शन जारी गरेका छन्। शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौँको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो। तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश नगरिएको भन्दै आफूहरूले आन्दोलनलाई निरन्तरता दिएकव् राहत शिक्षकहरूले बताएका छन्।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नगरेको उनीहरूको भनाइ छ। सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्धाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफरूहरूलाई स्वीकार्य नभएको बताएका छन्।

यस्तो छ सरकार र शिक्षकबीचको ६ बुँदे सहमति [बुँदासहित]

सरकार र शिक्षक महासंघबीच सहमति, राहत शिक्षकले आपत्ति जनाए

दुर्गमको एउटै विद्यालयमा तीन दशक बिताएका ‘सर’को भावुक बिदाइ

प्रकाशित: ६ असोज २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =