बालकुमारी झडप : दुई युवाको मृत्यु

हिमाल प्रेस १३ पुष २०८० १५:५६
82
SHARES
बालकुमारी झडप : दुई युवाको मृत्यु

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुई युवाको ज्यान गएको छ। प्रहरीका अनुसार दैलेखका सुजन रावत (वर्ष २३) र डोटीका वीरेन्द्र शाह (वर्ष २१) को उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी कुवरे कडायतका अनुसार प्रदर्शनमा झडप हुँदा घाइते दुवै युवाको उपचारको क्रममा मृत्यु भएको हो। ‘गभ्मीर घाइते दुई जनाको ज्यान गएको छ,’ उनले हिमालप्रेससँग भने।

प्रदर्शनमा उत्रिएका बेरोजगार युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। गाडी पूर्णरुपमा जलेको छ। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी जलाएका हुन्। मन्त्री सवार गाडी जलाएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो।

झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये रावतको किस्ट र शाहको पाटन अस्पतालमा ज्यान गएको हो। किस्टमा दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुदन रावतको ज्यान गएको हो भने पाटनमा डोटीका २१ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको हो।

बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]

 

प्रकाशित: १३ पुष २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =