राहत शिक्षकका महासचिव बजगाई भन्छन्, म सहिद बन्न तयार छु

हिमाल प्रेस ५ असोज २०८० १४:१०
382
SHARES
राहत शिक्षकका महासचिव बजगाई भन्छन्, म सहिद बन्न तयार छु

काठमाडौँ– राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईले ४० हजार शिक्षकको अधिकार प्राप्तिका लागि आफू सहिद बन्न पनि तयार रहेको बताएका छन्। देभभरका शिक्षकहरूको राजधानी केन्द्रित आन्दोलनमा शुक्रबार सम्बोधन गर्दै बजगाईले राहत शिक्षकलाई प्रक्रिया पूरा गरेर स्थायी गर्ने सहमति नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताए।

उनले भने, ‘राहत शिक्षकले अधिकार प्राप्त नगरेसम्म आन्दोलनको अग्रपंक्तिमा रहेर लडिरहेनछु। म यो आन्दोलनमा पहिलो सहिद बन्न पनि तयार छु।’ बजगाईंले वार्ताका नाममा राहत शिक्षकलाई बाहिर राखेर सम्झौता नगर्न पनि नेपाल शिक्षक महासंघलाई चेतावनी दिए। उनले भने, ‘सबै शिक्षकका अधिकार नसमेटीकन सम्झौता भयो भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ।’

राहत कोटामा झन्डै ४० हजार शिक्षक कार्यरत छन्। उनीहरूको मुख्य माग प्रक्रिया पूरा गरेर स्थायी गर्नुपर्ने भन्ने छ। सोही कारण महासंघको अगुवाइमा भएको आन्दोलनमा अधिकांश राहत शिक्षक काठमाडौँमा आएका छन्। बजगाईंले वार्तामा अस्थायी प्रकृतिका सबै शिक्षक/कर्मचारीको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।

यस्तो अवस्थामा अस्थायी प्रकृतिका सबै साथीहरू एकजुट हुनुको विकल्प नभएको बजगाईको भनाइ छ। उनी भन्छन्, ‘सडकमा उत्रिएका सबै पीडित शिक्षक हुन्। सरकारसँग महासंघ मात्रै बसेर वार्ता सफल हुँदैन।’ महासंघले बाल विकास, साविक उच्चमावि, राहत, अस्थायी करार, पेन्सन वञ्चित लगायतका सबै शिक्षकका माग सम्बोधन हुने गरी वार्ता गर्नुपर्ने बजगाईले बताए। उनले भने, ‘अन्यथा आन्दोलन आक्रामक हुनेछ। त्यसको जिम्मेवारी सरकार नै हुनुपर्नेछ।’

उनले नागरिक समाज र मानवअधिकारकर्मीलाई २० वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकका पीडा बुझ्न अनुरोध गरेका छन्। द्वन्द्वको बेलामा जोखिम मोलेर नियुक्त भई विद्यालयको पठनपाठनमा सक्रिय शिक्षकलाई कुनै पनि हालतमा स्थायी गर्नुपर्ने माग राहत शिक्षकहरूको छ।

शिक्षकहरू महासंघ नेतृत्वप्रति सशंकित!

२० हजार शिक्षकलाई हटाउने गरी आएको विधेयक मान्य छैन : कुमार बजगाई

प्रकाशित: ५ असोज २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =