कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

हिमाल प्रेस ४ असोज २०८० ६:४०
4
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ।

पार्टी पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका कामको समेत समीक्षा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन्।

नेता शेखर कोइराला समूहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै आफ्नै पार्टीबाट बनेका मन्त्रीको समेत खरो आलोचना गर्ने रणनीति बनाएको छ।

कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टीको विधानविपरीत एकलौटी चल्न खोजेको भन्दै आलोजना गर्ने तयारी गरेको छ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका प्रभावित भएकामा बैठकमा छलफल हुनेछ।

बुधबार नेता कोइराला र उपसभापति धनराज गुरुङले सभापति देउवालाई भेटर पार्टीमा एकलौटी अघि नबढ्न चेतावनी दिएका छन्। बैठकमा पार्टी सुढृढीकरण अभियानका क्रममा जिल्ला खटिएका प्रतिनिधिले तयार पारेको सुझाव पेस गर्नेछन्।

त्यस्तै मंसिर १३ गतेदेखि काठमाडौंमा हुने महासमिति बैठकमा छलफल हुने एजेन्डाबारे पनि छलफल हुनेछ।

प्रकाशित: ४ असोज २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =