यस्ता छन् मन्त्रिपरिषद्‌का २३ निर्णय

हिमाल प्रेस ३१ भदौ २०८० १५:५८
14
SHARES
यस्ता छन् मन्त्रिपरिषद्‌का २३ निर्णय

काठमाडौँ- सरकारले अपर अरुण जलविद्युत् परियोजनाको पूर्व तयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २३ निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले राष्ट्रिय सिँचाइ नीति, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ। बैठकले तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको उनले बताइन्। त्यस्तै, नेपाल न्याय सेवा, न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: ३१ भदौ २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =