जसपा मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

हिमाल प्रेस २६ भदौ २०८० ११:३०
14
SHARES
जसपा मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो।

महोत्तरी घर भएकी उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्। यादव समानुपातिक सांसद थिइन्।

प्रकाशित: २६ भदौ २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =