लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित

हिमाल प्रेस २५ भदौ २०८० ६:३९
6
SHARES
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित

पोखरा- लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन्। संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं महाअधिवेशनअन्तर्गत आइतबार रातिको मतगणनामा उनी ९४ मतान्तरले निर्वाचित भएका हुन्।

निर्वाचित श्रेष्ठले कुल खसेको १७ सय ११ मतमा ८ सय ८१ प्राप्त गर्दा प्रत्यासी भरतकुमार अधिकारीले ७ सय ८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा निर्वाचित भए । उनले ९ सय ७० मत ल्याउँदा ऋषिराम जमरकट्टेलले ६ सय ९० मत ल्याए। प्रथम उपाध्यक्षमा उपेन्द्रराज सुवेदी (राजु) ले गोपीचन्द्र बास्तोलालाई १ सय २२ मतान्तरले हराउँदै निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य ६ मत मात्र अन्तरले बाजी मारे।

उनले मेनुका श्रेष्ठलाई ६ मतले हराउँदा आफूले ८ सय ३७ मत प्राप्त गरेका थिए।
महासचिवमा जानुका अधिकारी पराजुली निर्वाचित भइन्। उनले १ सय ७७ मतले जीवन तिवारीलाई हराइन्। पराजुलीले ९ सय २९ मत ल्याएकी हुन्।

उपमहासचिवमा भरतराज ओझा निर्वाचित भए। उनले ९ सय १२ मत ल्याउँदा प्रत्यासी भीमबहादुर सार्की (काईंला)ले ७ सय ५२ मत ल्याए। कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडि) विजयी भए।

उनले ८ सय ३७ र प्रत्यासी पुष्पमणि भण्डारीले ८ सय १७ ल्याउन सके।
२० सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षका हुनेछ। संघको साधारणसभा २ दिनअघि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गरेका थिए।

प्रकाशित: २५ भदौ २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =