लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी र श्रेष्ठको उम्मेदवारी

हिमाल प्रेस ९ भदौ २०८० २०:१९
8
SHARES
लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी र श्रेष्ठको उम्मेदवारी

पोखरा- लेखनाथ उद्योग वाणिज्य संघको २७औँ साधारणसभा तथा १४ औँ महाधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन्।

आगामी भदौ २३ गते हुने मतदानमा शनिबार १९ पदका लागि ३७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए। आगामी २ वर्षे कार्यकालका लागि सबैजसो पदमा दुई/दुई जनाको मनोनयन दर्ता भएको छ।

एसोसिएट सदस्यमा प्रेमप्रसाद शर्मा निर्विरोध चयन भएका छन्। अध्यक्षमा मनोनयन दर्ता गर्ने अधिकारी कांग्रेस र श्रेष्ठ एमाले निकट हुन्। संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलले उम्मेदवारी दिएका छन्।

त्यस्तै, प्रथम उपाध्यक्षमा गोपिचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु), द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी, उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की (काइँला), कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) र पुष्पमणि भट्टराईले उम्मेदवारी दिएका छन्।

संघको महिला सदस्यका लागि जमुना गिरी, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जाराले मनोनयन गराएका छन्। एसोसिएटतर्फ सदस्यमा प्रेमप्रसाद शर्माको मात्र मनोनयन परेकाले उनी निर्विरोध भएका हुन्।

संस्थागत सदस्यमा विजय गुरुङ र कुलबहादुर रानाभाट प्रतिस्पर्धामा छन्। ८ जना कार्यसमिति सदस्यका लागि १६ जनाले मनोनयन दिएका छन्। निर्वाचन आयुक्त आचार्यका अनुसार १२ भदौमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ।

संघमा १ हजार ८ सय ६६ सदस्य छन्। यसअघि चुनाव जितेका छत्रधर आत्रेयको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए। संघमा ७ पदाधिकारीसहित ८ खुला सदस्य, २ महिला सदस्य, १ संस्थागत सदस्य र १ एसोसिएट सदस्य गरी १९ जना निर्वाचित हुने छन्।

प्रकाशित: ९ भदौ २०८० २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =