कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण र बालिका मृत्युबारे जानकारी गराउन सभामुखको रुलिङ

हिमाल प्रेस २१ भदौ २०८० १६:४७
24
SHARES
कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण र बालिका मृत्युबारे जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ- सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरूले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि उनले उक्त घटना र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे सम्पूर्ण जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्।

‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भिर कुराहरू छन्,’ उनले भने, ‘यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु।’

बैठकमा सांसदहरूले ती दुवै अपराधिक घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।

प्रकाशित: २१ भदौ २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =