उपचार नपाएर बालिकाको मृत्यु भएपछि सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २१ भदौ २०८० १४:४३
10
SHARES
उपचार नपाएर बालिकाको मृत्यु भएपछि सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ– उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरूले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री हुँदैखेरि कसैले पनि उपचार अभावमा ज्यान गुमाउनुनपरोस् भनेर मापदणड बनाइए पनि अझै लापरबाही भइरहेको बताए। उनले उपचार अभावमा बालिकाको ज्यान जाने जस्तो गम्भीर घटनामा सरकारले जवाफ दिनुपर्ने माग गरेका छन्।

नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको बताए।

उनले घटनाको छानबिन र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन्। सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग पनि उनले गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन्। यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने उनको भनाइ छ।

प्रकाशित: २१ भदौ २०८० १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =