शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित [तस्बिरसहित]

दिपेश श्रेष्ठ ४ चैत २०८० १२:१०
6
SHARES
शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित [तस्बिरसहित]

काठमाडौँ- प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सोमबार ११ बजे बस्नेगरी स्थगित भएको हो ।

जसपा सांसद शर्मा अन्सारीको उपचारको क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।

 

प्रकाशित: ४ चैत २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =