बग्गीमा राष्ट्रपति भवन पुगेका थिए तीन देशका राजदूत, बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १८ भदौ २०८० १८:५०
8
SHARES
बग्गीमा राष्ट्रपति भवन पुगेका थिए तीन देशका राजदूत, बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- कतार, गणतन्त्र पेरु र कम्बोडियाका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

मिशाल मोहम्मद अलि अलान्सरी नेपालका लागि कतारका आवासीय राजदूत हुन्। त्यस्तै गणतन्त्र पेरुका जेभियर म्यानुअल पौलिनिच भेलार्दे र कम्बोडियाका कोय कुयोङ गैरआवासीय राजदूत हुन् ।

ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । नवनियुक्त राजदूतहरुलाई काठमाडौँ होटेल र्‍याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =