गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति

हिमाल प्रेस ३ चैत २०८० २०:०१
14
SHARES
गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामर्थ्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति

सिरहा- राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन्।

पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उनले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिए।

‘सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ’,उनले भने।

त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको पनि उनले बताए।

उनले त्यसका लागि तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि रहेको बताए।

हीरक जयन्तीका अवसरमा प्रतिनिधिसभा सदस्य तेजुलाल चैधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना व्यक्त गरेका थिए। त्यस अवसरमा राष्ट्रपति पौडेलले दुई दर्जनजति जग्गादाता र पूर्वविद्यार्थीलाई समान गरेका थिए।

प्रकाशित: ३ चैत २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =