राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना

हिमाल प्रेस २७ चैत २०८० १३:००
8
SHARES
राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना सप्तरीको प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलबार दर्शन तथा पूजा अर्चना गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : रासस

राजविराज– राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन्। छिन्नमस्ता गाउँपालिका-३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरेका छन्।

मन्दिर दर्शनपछि आयोजित समारोहमा राष्ट्रपति पौडेलले छिन्नमस्ता तराई-मधेशको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउन पाउँदा खुसी लागेको बताए। उनले कोशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जÞरुरी रहेको उल्लेख गरे। पौडेलले भने, ‘सप्तरी मेरो मुटुमा छ। यो जिल्लाको हरेक कुरामा म साथमा छु।’

छिन्नमस्ता मन्दिरलाई विश्वका विभिन्न शक्तिपीठमध्ये ५२औँ शक्तिपीठका रुपमा लिइन्छ। सरकारले २०६५ सालमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका उपस्थितिमा जगतगुरु बालसन्तले छिन्नमस्तालाई शक्तिपीठका रुपमा घोषणा गरेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =