एसिया कप : भारतलाई नेपालले दियो २३१ रनको सम्मानजनक लक्ष्य

हिमाल प्रेस १८ भदौ २०८० २०:०१
28
SHARES
एसिया कप : भारतलाई नेपालले दियो २३१ रनको सम्मानजनक लक्ष्य

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ। सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको हो। ४८.२ ओभरमा अलआउट भएको नेपालले २३० रन बनायो।

नेपालका दुवै ओपनरले उत्कृष्ट सुरुवात गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको हो। कुशल भुर्तेलले ३८ र आशिफ शेखले ५८ रन बनाए। तर त्यसपछि आएका भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल दोहोरो अंक नबनाउँदै आउट भए।

भीम ७, रोहित ५ र कुशल २ रनमै आउट भए। तर, पछिल्लो क्रममा ब्याटरले पुनः नेपाललाई सम्हाले। गुलशन झाले २३ र दीपेन्द्रसिह ऐरी २९ रन बनाएर आउट भए। भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चिंदै ३ विकेट लिए। मोहम्मद सिराज ३ तथा हार्दिक पाण्ड्या र सर्दुल ठाकुरले समान १/१ विकेट लिए।

पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ।

प्रकाशित: १८ भदौ २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =