यस्तो छ बीपी साहित्य महोत्सवको कार्यतालिका

हिमाल प्रेस १८ भदौ २०८० १७:२५
2
SHARE
यस्तो छ बीपी साहित्य महोत्सवको कार्यतालिका बीपी जयन्तीका अवसरमा आयोजना गरिने साहित्य महोत्सवबारे जानकारी सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, सहमहामन्त्री बद्री पाण्डे लगायत। तस्बिर : रासस

काठमाडौँ- बीपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले मनाउन लागेको बीपी साहित्य महोत्सवको कार्यतालिका सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आइतबार पत्रकार सम्मेलन गरी कार्यतालिका सार्वजनिक गरेको हो। महोत्सव भदौ २४, २५ र २६ गते बीपी स्मृति भवन सानेपामा बिहान ९ बजेदेखि ७ बजेसम्म हुनेछ।

पहिलो दिन मुख्य वक्ताका रूपमा प्रा. अभि सुवेदीले ‘बीपीको साहित्य सिर्जना र जीवन दर्शन’ बारे सम्बोधन गर्नेछन्। यस्तै दोस्रो दिन प्रा. आनन्द कुमारले ‘मार्क्स गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिजम डुडे’ विषयमा मन्तव्य दिनेछन् भने तेस्रो दिन बीपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला? भन्ने विषयमा प्रा. केदारभक्त माथेमाले सम्बोधन गर्ने कार्यक्रम छ।

महोत्सवमा विभिन्न १२ वटा सत्र सञ्चालन हुनेछन्। त्यसअन्तर्गत बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य, बीपीले नपाएका १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्टामा बीपी पठन, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबार्टन, बीपीका आख्यानमा नारी रपरिवारले बुझेका बीपीका विषयका विज्ञहरूले आफ्नो प्रस्तुति दिनेछन्।

महोत्सवअन्तर्गत पहिलो पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ हुनेछ। यसैगरी फाइन आर्टका मूर्धन्य व्यक्तित्वहरूबाट प्रत्यक्ष कोरिएका चित्र प्रदर्शन हुनेछन्। महोत्सवमा हाइज्याकिङ फर डेमोक्रेसी, वीर गणेशमान, तीन घुम्तीजस्ता वृत्तचित्र प्रदर्शनी गरिनेछ। साथै ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवम् निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा हुन लागेको हो।

महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ। समितिमा पाण्डेबाहेक ३७ जना सदस्य छन्। ती सदस्यहरूमा पुष्पा भुसाल, नैनसिंह महर, मीन विश्वकर्मा, राजीव ढुंगाना, डिला संग्रौला, दिलमान पाख्रिन, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही रहेको नेपाली कांग्रेसले जनाएको छ। समितिमा रहेका अन्य सदस्यमा मधु आचार्य, रंगमती शाही, मदनबहादुर अमात्य, हरिशरण नेपाली, अब्दुल सत्तार, गोविन्दराज पोख्रेल, नानु बास्तोला, शैलेन्द्रप्रकाश नेपाल, नृपबहादुर बड, सन्ध्या पहाडी, विद्यादेवी तिमल्सिना हुन्।

अन्य सदस्यमा सोझो गाउँले, सीता थपलिया (उर्मिला), मनोजमणि आचार्य, इन्द्रबहादुर बानियाँ, डिल्लीराम सुवेदी, दुर्लभ थापा, प्रकाश लामिछाने, कृष्ण बानिया (सबुज), तीर्थबहादुर थापा, जितेन्द्र श्रेष्ठ, गोकुल लिम्बू, तीर्थ श्रेष्ठ, पर्शुराम पोखरेल, श्रवण मुकारुङ, राजेन्द्र पराजुली, नवराज लम्साल, प्रताप पौडेल र रत्नमणि नेपाल छन्।

प्रकाशित: १८ भदौ २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =