शिल्पीमा ‘हराम पण्डित’

हिमाल प्रेस १७ भदौ २०८० १६:१३
176
SHARES
शिल्पीमा ‘हराम पण्डित’

काठमाडौँ– भैरव अर्यालको हाँस्यव्यङ्ग्य निबन्ध ‘हराम पण्डित’ मा आधारित नाटक मञ्चन हुने भएको छ। दैलो प्रोडक्सनको प्रस्तुति र भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा नाटक ‘हराम पण्डित’ मञ्चन हुन लागेको हो। नाटकको नाट्य आलेख तथा निर्देशन बारत लिम्बूले गरेका छन्।

नाटकमा कलाकार विकाश जोशी, श्रवन सिंह राना मगर, सविर चुरौटे, मिल्सन राई, सविन कट्टेल, रोशन, उज्जल वान्तवा राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, सोनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझी छन्।

नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिनेछ। आगामी भदौ २७ गतेदेखि मञ्चन सुरु गरिने नाटक असोज १३ सम्म चल्नेछ। नाटक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुनेछ। साथै शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुने जनाइएको छ।

प्रकाशित: १७ भदौ २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =