मण्डलामा ‘पगला घोडा’ [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ पुष २०८० १५:१६
130
SHARES
मण्डलामा ‘पगला घोडा’ [फोटो फिचर]

काठमाडौँ- थिएटर आकारको प्रस्तुतिमा नाटक `पगला घोडा´ पुष १२ बाट मण्डला नाटक घरमा मञ्चन भएको छ | नाटक प्रगतिशील, रूढीवादी स्थापना विरोधी नाटकका लागि चिनिने भारतीय रङ्गमञ्चका सबैभन्दा प्रभावशाली नाटककार र निर्देशक बादल सरकारद्वारा लेखिएको हो।

कथालाइ शिव खाण ठकुरीले नेपाली भाषामा अनुवाद गरेका हुन्। नाटकको आलेख सुपरिवेक्षकको रूपमा कलाकार आशान्त शर्मा छन्। घनश्याम श्रेष्ठको परिकल्पना तथा निर्देशन रहेको नाटक `पगला घोडा´ मा कलाकारहरू मलिका महत, प्रमोद अग्रहरी, विजय ताम्राकार, बिम्ब अधिकारी छन्। नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन्।

यसै नाटक मार्फत रंगमञ्चमा डेब्यु गरेकी मलिकाले ४ वटा पात्रको भूमिका निभाएकी छन्। नाटक पुस १२ गते देखि माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन ५ बजे मञ्चन हुनेछ भने शनिवार १ र ५ बजे गरि दुई सो राखिएको छ।

नाटकमा बादल सरकारको प्रशिद्ध नाटक पगला घोडाले साधारण पात्रबीच रोचक ढङ्गबाट तिनका गाँजिएका सम्बन्धको भूत र वर्तमान समयको उजागर गर्छ। कथामा चार पुरूष‍ आत्महत्या गरेर मरेकी एक अन्जान केटीको मलामीमा भेला भएका छन्। यो नाटक महिला र पुरूषको सम्बन्ध र पितृसत्तात्मक समाजमा महिलाको स्थान कस्तो छ भन्ने विषयमा केन्द्रित छ।

नाटकले विभिन्न सामाजिक वर्गका महिला तथा पुरूषका मनस्थितिलाई गहिरोसँग जाँच गरेको छ। हाम्रो सामाजिक संरचनाअन्तर्गत हामी के कसरी माया र सम्बन्धलाई सम्हाल्न खोज्छौँ। यही प्रश्नको उत्तर दर्शकले पात्रहरू सँगसँगै खोज्ने छन्।

प्रकाशित: १३ पुष २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =