नाटक ‘मासिन्या’ : उत्पीडनको कथा (तस्बिरमा)

दिपेश श्रेष्ठ १५ माघ २०८० १४:५३
200
SHARES
नाटक ‘मासिन्या’ : उत्पीडनको कथा (तस्बिरमा)

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मासिन्या’ मञ्चन भैरहेको छ। नाटकले तामाङ समुदायको जीवनपद्धति, संस्कृति र परिवेशहरूसँगै सदियौँदेखि भोग्दै आएको उत्पीडनको कथालाई प्रस्तुत गरेको छ।

दुःखलाई जितेर आफ्नै जीवनसंघर्षमा रमाइरहेका मान्छेहरूलाई के ले रुवाउँछ? माटोलाई माया गर्नेहरूले नै किन सधैँ दण्डित हुनुपर्ने? दुःखले पिरोलेर बासस्थान खोसिएपछि हिँडेको एउटा लस्कर अब कहिले फर्किएला? मनमा खिल बोकी हाँसो लुकाएर किन केहि मान्छेहरू युगौँ हिडीरहनुपर्ने? मासिन्या कानुनबाट कतिन्जेल मासिइरहनु पर्ने ? यिनै प्रश्नहरूको सेरोफेरोमा निर्माण भएको छ नाटक ‘मासिन्या’।

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘मासिन्या’ राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले लेखेका हुन्। नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउदलगायत कलाकारहरूको अभिनय रहेकोछ।

ताम्सालिङ संयुक्त संघर्ष समिति द्वारा निर्माण गरिएको नाटक माघ ११ देखि २८ माघगतेसम्म मञ्चन हुनेछ।

 

प्रकाशित: १५ माघ २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =