सीएनआईले भन्यो– चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले ठूला उद्योगलाई समेटेन

हिमाल प्रेस १३ भदौ २०८० १६:०६
6
SHARES
सीएनआईले भन्यो– चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले ठूला उद्योगलाई समेटेन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको संशोधनलाई नेपाल उद्योग परिसंघ (सीएनआई)ले समग्रमा सकारात्मक भनेको छ।

साना तथा मझौला उद्योगका हकमा संशोधन उचित भए पनि ठूला उत्पादनमूलक उद्योगलाई भने यसले समेट्न नसकेको सीएनआईको प्रतिक्रिया छ। सीएनआईले चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने बताएको छ।

‘सम्पूर्ण चालु पुँजी कर्जा खाताको सट्टा क्रेडिट कर्जा खातामा मात्र लगातार ७ दिन १० प्रतिशतभन्दा कम बक्यौता कायम भएको हुनुपर्ने गरी भएको संशोधनले पूर्णरूपमा समस्या समाधान गर्दैन,’ सीएनआईले भनेको छ।

चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन तुलनात्मक रूपमा खुकुलो र अनुकूल नीति लिनुपर्नेमा एकीकृत निर्देशनमार्फत निष्कृय कर्जा र सामूहिक कर्जा सुक्ष्म निगरानीका सम्बन्धमा लगाएको अंकुश असान्दर्भिक भएको पनि सीएनआईले उल्लेख गरेको छ।

प्रकाशित: १३ भदौ २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =