गाइजात्राको अवसरमा अस्ट्रेलियामा कमेडी नाइट आयोजना हुने

हिमाल प्रेस ११ भदौ २०८० २१:०८
16
SHARES
गाइजात्राको अवसरमा अस्ट्रेलियामा कमेडी नाइट आयोजना हुने

काठमाडौँ- गाईजात्राको अवसरमा अस्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाइट आयोजन हुने भएको छ। आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाइट आयोजना गर्न लागेको हो।

कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापालगायत कलाकारहरूको प्रस्तुति रहनेछ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विदेशी भूमिमा रहेका नेपालीलाई मनोरञ्जन दिनसमेत कमेडी नाइटको आयोजना गर्न लागिएको आयोजक संस्था थ्री बिज इन्टरटेन्मेन्टले बताएको छ।

गाईजात्रा र बुवाको मुख हेर्ने पर्वलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको प्रायोजक गोर्खा ज्युलरी रहेको छ। कार्यक्रमका लागि टिकटको मूल्य २२ डलर कायम गरिएको छ। विद्यार्थी लक्षित गरेर टिकटको मूल्य निर्धारण गरिएको आयोजक संस्थाका संस्थापक सन्दीप चौधरीले जानकारी दिए।

यस्तै, कार्यक्रममार्फत विदेशी भूमिमा नेपालको संस्कृतिको जगेर्नाको लक्ष्य पनि राखिएको छ। अस्ट्रेलियामा उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन्। नेपग्याजम युवापुस्ताद्वारा अत्यधिक रुचाईएको कमेडी च्यानल हो।

नेपग्याजमका कमेडीयन यूकेजी र त्रितालले विगतमा सगरमाथाको कालापत्थरमा पुगेर आफ्नो कमेडी कला प्रस्तुत गर्दै विश्वको अग्लो स्थानमा स्ट्याण्डअप कमेडी गरेको रेकर्ड गिनिज बुक अफ वर्ल्डमा लेखिएको छ। नेपग्याजम आबद्ध कमेडीयनहरूले देश तथा विदेशमा आफ्ना कमेडीयन कलाकारहरूमार्फत विभिन्न अवसर पारेर आफ्ना प्रस्तुति पस्कँदै आएका छन्।

प्रकाशित: ११ भदौ २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =