धरान पुगेर शेखरले भने- देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदै छ

हिमाल प्रेस १० भदौ २०८० १७:५१
38
SHARES
धरान पुगेर शेखरले भने- देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदै छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्त्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिरहेको बताएका छन्। आइतबार धरान पुगेका कोइरालाले सामाजिक सद्भाव बिथोल्न खोजिएको भन्दै सचेत हुन सबैलाई आग्रह गरे।

‘देशमा साम्प्रदायिक द्वन्द्वको बीजारोपण गरेर सामजिक-धार्मिक सदभाव बिथोल्न खोजिँदैछ, त्य‍‍ो हामी कदापि स्वीकार्न सक्दैनौँ’, उनले भने। धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति नगर्न अनुरोध गरे।

उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानबासीमा आग्रहसमेत गरे। धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडिएको कोइरालाले प्रस्ट पारे। नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एन्ड क्लिन धरान अभियान -२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले  कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा औँल्याए।

प्रकाशित: १० भदौ २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =